macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेप्सेमा हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको आइपीओ सूचीकृत

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ ।

जसमा हाथवे इन्भेष्टमेन्ट नेपालको चुक्ता पुँजीका आधारमा कायम कुल २ करोड ३४ लाख कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको छ ।‘एचएटीएचवाई’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

यस्तै, मान्डु हाइड्रोपावको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर पनि सूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको छ । ‘एमएएनडीयु’ संकेतमा यसको सेयर कारोबार हुनेछ । अब बुधबार दुवै कम्पनीको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।

२३ असोज २०८०, मंगलवार १५:०४ बजे प्रकाशित

NTA long ad