macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

गैरकानुनीरूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको भए एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने पनि जनाएको छ ।

दूतावासले भनेको छ, ‘एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ । यसबापत् एक हलाला पनि कहिी कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नु पर्नेछ ।’

एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र ९इकामा० नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैधरूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनीरूपमा त्यहाँ कार्यरत सयौं नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको तथा जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

कसरी प्राप्त गर्ने ‘एक्जिट भिसा’ ?
साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र ९ईकामा० नबनाएका तथा नवीकरण नगरेकाले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।

एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ । त्यस्तै, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिनेछ ।

त्यस्तै हुरूब लागेका व्यक्तिहरूले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने दूतावासले जनाएको छ । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ । त्यस्तै कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा पाइँदैन ।

दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन ९जवाजत० अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

जुन ठाउँबाट आफ्नो इकामा बनेको हो, त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि राजदूतावासमा आउनुभन्दा अघि अनिवार्यरूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियादभन्दा बाहिरबाट इकामा बनेकाले एक्जिट भिसा प्रोसेसिङ’ फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

१४ असोज २०८०, आइतवार ०५:३० बजे प्रकाशित

NTA long ad