stcnepal long ad
ime life insurance
global ime bank long

नयाँ नोट सटही कात्तिकदेखि सुरु हुने

प्रतिव्यक्ति १८ हजार दिइने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।

उहाँले भन्नुभयो, “गतवर्षजस्तै यस वर्ष पनि दसैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ ।” गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन् ।

यो पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो । बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने उहाँको भनाइ छ ।

prabhu mahalaxmi
kumari