macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नयाँ नोट सटही कात्तिकदेखि सुरु हुने

प्रतिव्यक्ति १८ हजार दिइने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।

उहाँले भन्नुभयो, “गतवर्षजस्तै यस वर्ष पनि दसैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ ।” गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन् ।

यो पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो । बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने उहाँको भनाइ छ ।

१२ असोज २०८०, शुक्रवार ०६:२७ बजे प्रकाशित

NTA long ad