stcnepal long ad
global ime bank long

अरुण–३ जलविद्युत आयोजनाको अवरोध हटाउन इप्पानको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अरुण–३ जलविद्युत आयोजनामा भएको अवरोधका हटाउन सरकारसँग माग गरेको छ ।

बिहीबार इप्पानका महासचिव बलराम खतिवडाले विज्ञप्ति जारी गर्दै संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने बताएका छन् ।

उक्त आयोजनामा अवरोध हुँदा नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी निरुत्साहित हुने भएकाले वार्ताबाट समस्या समाधान गर्न इप्पानले आग्रह गरेको हो । निर्माण कार्यमा अवरोध हुँदा नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा स्वतन्त्र ऊर्जा उत्पादकहरु यो विषयमा चिन्तित रहेकोसमेत इप्पानले जनाएको छ ।

इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयले स्थानीयसँग मध्यस्थता वार्ता गरेर निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गरेको छ ।

‘विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा स्मरण गराउन चाहन्छौं’ इप्पानले भनेको छ, ‘अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) ले द्रुत गतिमा कामअघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा  क्षेत्रमा  सक्रिय  रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको छ ।’

IME Lifesidebar
kumari