सशस्त्र प्रहरी बलका एआईजीको सरुवा
काठमाडौँ । सशस्त्र प्रहरी बलका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । एआईजी चन्द्रप्रकाश गौतम, बंशी दाहाल र नारायणदत्त पौडेलको सरुवा भएको हो ।
गौतमलाई मानव स्रोत, दाहाललाई कार्य विभाग र पौडेललाई सीमा विभागमा सरुवा गरेको गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा गरेको हो ।























