नागबेली लघुवित्तको १७.०१% बढ्यो नाफा
आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार
काठमाडौँ । नागबेली लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ४८ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षभन्दा १७.०१% ले बढी हो । गत वर्ष संस्थाले २ करोड १२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नागबेलीको खुद ब्याज आम्दानी ३१.२९% ले बढेर ७ करोड ८१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १८.९५% ले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार हुँदा खुद नाफा बढाउन टेवा पुगेको हो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खराब कर्जा २.१८% ले घटेर २.१०% मा आएको छ । यो सकारात्मक पाटो हो । यसको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ ।

























