हिमालयन बैंकको खुद नाफा १५.०४% ले बढ्यो
आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकले २ अर्ब ३१ करोड ७१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १५.०४% ले बढी हो । गत वर्ष बैंकले २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँमात्रै नाफा कमाएको छ ।
चैत मसान्तसम्म आइपुदा बैंकको वितरण योग्य नाफा ३७.८४% ले घटेर ८२ करोड ९७ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ३३ करोड ४८ लाख ९७ हजार रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २.३७% र सञ्चालन नाफा४.०८% ले बढेको छ ।
यी दुवैमा सुधार हुँदा खुद नाफा बढाउन सहयोग पुगेको हो ।
बैंकको खराब कर्जा ०.२% ले घटेर १.११% मा आएको छ । चैत मसान्तसम्ममा बेस रेट ८.६% छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसाले बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा छ ।

























