बुटवल पावरको ८९ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार
काठमाडौँ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८९ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको भन्दा १९.३१% ले बढी हो । गत वर्ष बुटवलले ७५ करोड ८ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५.२७% ले बढेर ५५ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष विद्युत बिक्रीबाट ५२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा पनि ७० करोड ६१ लाख रुपैयाँबाट बढाएर ९५ करोड ५७ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । यसले पनि नाफा वृद्धि गराउन सहयोग पुगेको हो ।
चुक्ता पुँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको बुटवल पावरको जगेडा कोषमा ४ अर्ब ५१ करोड ८० लाख रुपैयाँ छ । एक वर्षको अन्तरालमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसाले बढेर ३३ रुपैयाँ ३८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ३४ पैसा रहेको छ ।