stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आशा लघुवित्तको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्तले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा यसले १ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ६३.७५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड १३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले २ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको सापट लिएर ४ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

लघुवित्तको वितरण योग्यनाफा १ करोड ५ लाख रुपैयाँ छ । यसअवधिमा संचालन नाफा ६३।६९५ ले घटेर २ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष उक्त नाफा ७ करोड ३२ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि ३८.४५ प्रतिशतले घटेर ६ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्नाले यसको खुद नाफामा असर गरेको हो ।

लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत ५२ लाख रुपैयाँ छुट्याएको छ । आशाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ छ । जगेडा कोषमा १० करोड ५१ लाख रुपैयाँ जम्मा भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ २० पैसाले घटेर २२ रुपैयाँ ३० पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ४।६५ प्रतिशत पुगेको छ ।

prabhu mahalaxmi
kumari