stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

५ वर्ष पुरानो लाभांश लिन नेरुडे लघुवित्तले सेयरधनीलाई बोलायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ५ आर्थिक वर्षको नगद लाभांश बुझिलिन नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई आग्रह गरेको छ । संस्थाले आर्थिक वर्ष २०६६/६७, २०६७/६८, २०६८/६९, २०७०/७१ र २०७२/७३ को नगद लाभांश सेयरधनीले लिन नआएपछि सूचना जारी गरेरै लिन बोलाएको हो ।

लगानीकर्ताले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिई लघुवित्तको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा ३५ दिन भित्र सम्पर्क गर्नु पर्नेछ ।

संस्थाले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण संस्थाको वेवसाइटमा प्रकाशित गरिएको छ ।

prabhu mahalaxmi
kumari