stcnepal long ad
global ime bank long

सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन कम्पनीको आइपीओमा मागभन्दा ५७.२६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमवार साँझ ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ जनाले २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओ एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त आइपीओमा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, कम्पनीको वेभसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सबै सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

IME Lifesidebar
kumari