stcnepal long ad
global ime bank long

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ४ अर्बको बिजुली बेच्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो।

आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात महिनाको अवधिमा एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गर्दै चार अर्ब ३० करोड रूपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेच्न सफल भएको हो।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख दिनेशजंग राणाले चालु आर्थिक वर्षको भदौ महिनाको अन्तिम सातादेखि आयोजनाले छ वटै युनिटबाट ४ सय ५६ मेगावाट बिजुली उत्पादन गर्दै आइरहेको बताए।

‘आयोजनाले गत भदौ महिनाको अन्तिम साता यता एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘प्राधिकरणले छोटो अवधिमा नै चार अर्ब रूपैयाँभन्दा धेरैको बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘आयोजनासँग वार्षिक औसत २२ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता छ।’ यो खबर नागरिक दैनिकमा छ ।

IME Lifesidebar
kumari