आइपिओ निष्काशनका उपकार लघुवित्तवित्तीय संस्थाले अनुमति पायो
काठमाडौं । सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशनका लागि उपकार लघुवित्त वित्तीय संस्थाले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई २ करोड ६६ लाख २५ हजार रुपैयाँको आइपिओ निष्काशनका लागि अनुमति दिएको हो ।
संस्थाले प्राथमिक शेयर निष्काशन पछि सर्वसाधारण समुहको हिस्सा ३६ प्रतिशत हुनेछ भने सर्वसाधारण समुहको ६४ प्रतिशत हुनेछ ।
धितोपत्र बोर्डले अनुमति दिए सँगै केहि दिन भित्रै संस्थाले सर्वसाधारणका लागि सार्वजनिक निष्काशनका लागि आह्वान गर्न सक्नेछ ।


























