सुनको भाउ फेरि तोलामा ११ सय रुपैयाँले बढ्यो
काठमाडौं । सुनको भाउ बिहीबार तोलाको ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ र चाँदीको भाउ २५ रुपैयाँले घटेको थियो ।


























