citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कालिका लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । कालिका लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भने ४१ लाख ८८ हजार रुपैयाँ खुद नोक्सानमा रहेको थियो ।

यसको खुद ब्याज आम्दानी २०.१९ प्रतिशत ले बढेर ७ करोड ६३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ करोड १४ लाख ८४ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेकामा अहिले २ करोड ५९ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

यसका साथै, ५ करोड २ लाख ८९ हजार रुपैयाँ राइट ब्याज गरेपछि खुद नाफामा आकर्षक वृद्धि भएको छ । कालिका लघुवित्तको निक्षेप संकलन १८.०९ प्रतिशत र कर्जा लगानी ३९.८६ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, रिजर्भ कोषमा पनि सुधार भएको छ । खुद नाफा बढेका कारण प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । यस त्रैमाससम्म कालिकाको वार्षिक प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८९ पैसा छ ।

gold
himalayan life insurance long ad
kumari bank