आज नबिल इन्भेष्टमेन्ट बैंकिङको बाह्रौ वार्षिक साधारण सभा

काठमाडौं । आज कात्तिक १७ गते नबिल इन्भेष्टमेन्ट बैंकिङको बाह्रौ वार्षिक साधारण सभा हुने भएको छ । सभामा कम्पनीले ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यसर्थ, नबिलले ७ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, नगद लाभांशमा नबिलले ३६ लाख ८४ हजार २१० रुपैयाँ खर्च गर्नेछ ।
कम्पनीको सभा कक्ष, नक्साल काठमाडौमा बिहान १०.३० बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिनेछ ।