stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिभिल लघुवित्तको नाफा १ करोड ५५ लाख ७७ हजार रुपैयाँ पुगे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले पहिलो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २८२.८२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४० लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ।

समीक्षा अवधिमा संस्थाले २ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा ६३ लाख ९४ हजार रुपैयाँमा सीमित थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा १२०।३८ प्रतिशतले बढेको छ। गत वर्ष २ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ५ करोड २१ लाख रुपैयाँमा सीमित बनेको छ ।

संस्थाले २ अर्ब ४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष ८८ करोड ३० रुपैयाँ सापटी लिई १ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार २५६.६९ प्रतिशतले बढेर १३ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ३ करोड ७० लाख रुपैयाँ रहेको थियो। चुक्ता पुँजी २४ करोड २१ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २५.७३ रुपैयाँ रहेको छ ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५२.१२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५३.२० रुपैयाँ रहेको जनाएको छ।

prabhu mahalaxmi
kumari