stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिप्रोक्स लघुवित्तको नाफा रु. १७.३५ करोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार समीक्षा अवधिमा डिप्रोक्सले १७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा १२.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा डिप्रोक्सले १९ करोड ८० लाख रुपैयाँ आर्जन गरेको थियो।

यो अवधिमा डिप्रोक्सले २३ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा डिप्रोक्सले १ अर्ब १० करोड रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो। डिप्रोक्सले खुद ब्याज आम्दानी बापत ३५ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष ३६ करोड ३५ लाख रुपैयाँ थियो।

चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको डिप्रोक्सको रिजर्भको आकार ११।७६ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १ अर्ब ८ करोड रुपैयाँ थियो।

डिप्रोक्सको प्रतिसेयर आम्दानी ९ईपीएस० ५०.०४ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात पीई रेसियो २५.७२ गुणा रहेको यस संस्थाको प्रतिसेयर खुद किताबी मूल्य १८७.३२ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari