stcnepal long ad
global ime bank long

मध्यभोटेकाशीको सेयर बाँडफाँड

यो आईपीओमा कुल २३ लाख ९० हजार २१८ आवेदकबाट कुल ३४ करोड ४१ लाख ८३ हजार २९० कित्ता सेयर माग भएको थियो।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

यो आईपीओमा कुल २३ लाख ९० हजार २१८ आवेदकबाट कुल ३४ करोड ४१ लाख ८३ हजार २९० कित्ता सेयर माग भएको थियो। क्यापिटलका अनुसार कुल आवेदकमध्ये २२ लाख ९४ हजार ४९६ आवेदकबाट माग भएको ३ करोड १९ लाख ४१ हजार ७९० कित्ता सेयर सदर भएको छ। कुल आवदेकमध्ये ९५ हजार ७२२ आवेदकबाट माग भएको २२ लाख ४१ हजार ५०० कित्ता भने रद्द भएको छ। ती सदर आवेदकमध्ये गोलाप्रथाबाट ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

मध्यभोटेकोशीले कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता ९४ प्रतिशत० कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

मध्य भोटेकोशीको आईपीओको सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।

यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा सहनिष्कासनकर्ताको वेबसाइटहरु, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको https://iporesult.cdsc.com.np/मा गएर हेर्न सकिन्छ। आईपीओको अन्तिम नतिजा केही घन्टापछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

IME Lifesidebar
kumari