stcnepal long ad
ime life insurance
national life
global ime bank long

आशा लघुवित्त वित्तीय संस्थाको २६.३१ प्रतिशत बोनस सेयर घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले २०७६/०७७ को नाफाबाट २५५ बोनस सेयर र कर वितरण गर्न १.३१ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३६ लाख १४ हजार ८८४ रुपैयाँ नगद बाँड्नेछ ।

अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत गरी कुल १५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

IME Lifesidebar
kumari