नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसर्थ, बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष इन्भेष्टमेन्टले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरी १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
























