evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

चौतारी र आरम्भ लघुवित्त वित्तीय संस्थालाई गाभिन राष्ट्र बैंकले दियो स्वीकृति

Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यस अघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो ।

बैंकले त्यस्तो स्वीकृति आइतबार दिएको हो । दुई संस्था गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका रूपमा वित्तीय कारोवार गर्ने भएका छन् । बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को सर्त’ पूरा गरेको केन्द्रीय बैंकले जनाएको छ ।

गाभिन लागेका दुवै संस्थाले आ-आफ्नो वार्षिक साधारणसभाबाट निर्णय गरे बमोजिम चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्तको कायम हुने शेयर ‘स्वाप’ अनुपात एक बराबर एक हुने गरी शेयर पूँजी मिलान गर्नुपर्नेछ । यस्तै गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नुपर्ने र शेयर कारोवारमा सहज हुने गरी रोक्का राखिएको धितोपत्र कारोवार फुकुवाको प्रबन्ध गर्नुपर्नेछ । यस्तै गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा राख्नुपर्ने, एकीकृत कारोवार सम्बन्धी सूचना दुई पटक सबै शेयरधनीले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै लघुवित्तलाई गाभिनका लागि अन्तिम स्वीकृति दिइएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल छ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

igi long
himalayan life insurance long ad