जनरल इन्स्योरेन्स कम्पनी नेपालको निर्जीबन बीमा अभिकर्ता तालिम

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६
काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवल स्थित दियालो फुडल्याण्डमा गत फाल्गुुण १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो । सोही तालिममा बीमा अभिकर्ताको भूमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलता पुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो