citizens life insurance long ad
stcnepal long ad

नेरुडेको बोनस हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा फागुन २२ गते बस्ने भएको छ । कम्पनीले ८% बोनस वितरण गर्ने मुख्य प्रस्ताव सभामा लैजानेछ ।

यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । कम्पनीले हाल कायम ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्ता बोनस र नगद लाभांश प्रस्ताव गरेको हो । सभाबाट प्रबन्धपत्र तथा नियमावली पनि संशोधन हुनेछ ।

यता, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा पेश हुनेछ ।

सभा उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरिने भएको छ । यसर्थ लाभांश पाउन बिहीबार फागुन ६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ । प्रस्तावित ८% बोनसपछि चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ पुग्नेछ ।

IME Life
kumari