एनआरएन लघुवित्त नाफामा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनआरएन लघुवित्तले १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्ष संस्था १३ लाख ९३ हजार रुपैयाँ नोक्सानमा थियो । गत वर्ष १ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ७ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
यता, सञ्चालन नाफा पनि १ करोड १२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको सञ्चालन नोक्सान ५८ लाख ९६ हजार रुपैयाँ थियो । यसअवधिकम खराब कर्जा १.५४% ले बढेर ३.२३% पुगेको छ ।
प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८४ पैसा छ ।























