stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई लघुवित्तको नाफा १४.३०% ले बुद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १४.३०% ले बढी हो ।

अघिल्लो वर्ष संस्थाले ६ करोड ८१ लख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ८३.५०% ले बढेर २६ करोड २६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १४ करोड ३१ लख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन नाफा २०.५२% ले बढेर १२ करोड ३७ लाख ११ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसले १० करोड २६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा १६ करोड २० लाख ७४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५४ पैसा छ ।

prabhu mahalaxmi
kumari