stcnepal long ad
global ime bank long

सिटिजन्स बैंकको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले असार मसान्तसम्म १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २३.७२%ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने ७.१८% ले बढ्दा सञ्चालन नाफा ३०.७३% भने घटेको छ । सिटिजन्सको वितरण योग्य नाफा ८२ करोड ४० लाख रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको भन्दा २६।३९५ ले थोरै हो ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह तर्फ भने क्रमशः २५.५३% र २५.८४% ले बढाउन सफल भएको छ । असारसम्म यसको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।

चौथो त्रैमाससम्म आइपुग्दा सिटिजन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसाले घटेर १२ रुपैयाँ २८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०७ पैसा रहेको छ ।

IME Lifesidebar
kumari