stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई लघुवित्तको १७.५०% बोनस सेयर डिम्याट खातामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १७.५०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत कात्तिक २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । कात्तिक २५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको गत मंसिर ९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १७.५०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

prabhu mahalaxmi
kumari