लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न रोक लगाउने उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई आगामी आइतबारसम्मका लागि काम नलागाउन सरकारलाई आदेश दिएको छ ।
गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो। आइतबार अधिवक्ता जयबहादुर भुजेलले मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन नगर्नु र नगराउनु भन्दै अन्तरिम आदेशको माग सहितको रिट लिएर अदालत पुगेका थिए।
मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाइ त्यत्तिञ्जेल भट्टको नियुक्तिको निर्णय यथास्थितिमा राख्नु भनी आदेश गरेको हो ।






























