stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

राखेपले माग्यो बक्सिङ संघका अध्यक्षसँग आर्थिक विवरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ता भित्र पठाउन निर्देशन दिएको छ ।

राखेपका सङ्घ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै काम कारवाही र आर्थिक विवरण एक साता भित्र उपलब्ध गराउन सोमबार पत्र पठाउनु भएको हो ।

अध्यक्ष अवालेले बक्सिङ सङ्घलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारणसभा समेत गर्न नसकेको तथा विधान विपरीत काम गरेको भनी सङ्घका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराउनु भएको थियो ।

महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले सङ्घको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाउनुभएको छ ।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदन माथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकार्नु भएको छ ।

kumari bank
kumari
nawakantipur long