stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई लघुवित्तद्वारा कर्मचारी माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सहायकदेखि अधिकृत श्रेणीसम्मका कर्मचारी माग गरेको हो ।

सूचना अनुसार प्रविधि विभागमा अधिकृत श्रेणी एवम् सहायक श्रेणीमा २ जना, अनुगमन अधिकृत, अधिकृत श्रेणीमा केही आन्तरिक लेखा परीक्षक सहायक अधिकृत श्रेणीमा केही, लेखा तथा वित्त विभागीय प्रमुख अधिकृत श्रेणीमा १ जना, प्रदेश प्रमुख अधिकृत श्रेणीमा २ जना र सहायक।सहायक, सहायक श्रेणीमा केही कर्मचारीको माग गरेको छ ।

अधिकृत श्रेणी तहमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको, र सहायक श्रेणी तहमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको पाँच वर्ष थप हुने तथा संस्थामा काम गर्ने कर्मचारीहरूमा उमेर हद नलाग्ने जनाइएको छ । सबै पदका लागि मोटरसाइकल ड्राइभिङ लाइसेन्स हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको ईमेलमा दरखास्त पठाउन आव्हान गरिएको छ ।

prabhu mahalaxmi
kumari