citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

विजय लघुवित्त वित्तीय संस्थाको नाफामा ६१.९८ प्रतिशतले वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६१.९८ प्रतिशतले धेरै हो ।

यस संस्थाले गत वर्ष ४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो ।

यसले पुससम्म २७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसैअवधिमा विजयले २० करोड ४४ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो । यसको सञ्चालन नाफापनि ६२.५२ प्रतिशतले बढेर १० करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ४६ करोड ३४ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी १८.९१ रुपैयाँ कायम भएको छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १५८.६४ रुपैयाँ देखिएको छ । संस्थाको एनपीएल भने ७.९० प्रतिशत विन्दुबाट बढेर ८.३५ प्रतिशत विन्दुमा पुगेको छ ।

gold
kumari bank