सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको फागुन १५ गते वार्षिक साधारण सभा
साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले फागुन २ गते बुक क्लोज गर्ने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा छ ।
साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले फागुन २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।