citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

आशा लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासमा २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसैअवधिमा कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो ।

यसले पुससम्म ३४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १३७.१७ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा आशाले १४ करोड ३४ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।

यस्तै, गत वर्ष ३ करोड २८ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनी अहिले ३ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ । हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ३४ करोड १३ लाख रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी ६ रुपैयाँ ४५ पैसा (वार्षिक) कायम भएको छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १४७.९५ रुपैयाँ देखिएको छ ।

gold
kumari bank