stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

समता घरेलु लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारणसभा फागुन ११ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारणसभा फागुन ११ गते बोलाएको छ ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । कम्पनीको हाल कायम चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार ७ सय २८ रुपियाँ छ ।

साधारण सभाले लेखापरीक्षक सहितको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।

त्यस्तैगरी सञ्चालक समितिमा १ जना महिला सहित ६ जनामध्ये सर्वसाधारण समूहबाट २ जना तथा संस्थापक समूबाट ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभाले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ लघुवित्तले माघ २४ गते एक दिन बुक क्लोज गर्नेछ ।

त्यसैले माघ २३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलान्चोकमा बिहान साढे ११ बजे बस्नेछ ।

prabhu mahalaxmi
kumari