stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढेर१५ करोड ३३ लाख १ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि ३९५.७३ प्रतिशतले बढेर ३ करोड ७२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०१ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ । चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari