सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने
काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
यस कम्पनीको शनिबार (पुस ६ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।