stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

जीवन विकास लघुवित्त वित्तीय संस्थाको पुस २८ गते वार्षिक साधारण सभा

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा यस लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari