फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीयको साधारण सभा पुस ११ गते
काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश र मर्जरको प्रस्ताव सहित वार्षिक साधारण डाकेको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । लघुवित्तको सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर २२ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा साधारणसभामा सहभागिता जनाउन पाउनेछन् ।
साधारण सभा पुस ११ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ ।