stcnepal long ad
nabil bank
macchha(MBL)

सरकारले नागरिक बचतपत्र २०८६ निष्कासन गर्ने

साढे सात प्रतिशत ब्याज दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले नागरिक बचतपत्र २०८६ (क) निस्कासन गर्ने गरेको छ। बुधबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रूपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि आह्वान गरेको हो।

यस बचतपत्रमा नागरिकले ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो।

यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ।

आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ। बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरू अनलाइन अपलोड गर्नुपर्नेछ।

बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रूपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासन रकमको आधारमा तोकिएको छ।

यसमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने छैन र सबै आवेदन विधिपूर्वक स्वीकृत हुनु पर्नेछ।

सरकारले यस बचतपत्रको माध्यमबाट नेपाली नागरिकलाई सुरक्षित र आकर्षक लगानी अवसर प्रदान गर्दै, सार्वजनिक ऋण व्यवस्थापनमा थप सुधारको योजना अघि बढाएको जनाएको छ।

prabhu mahalaxmi
kumari