stcnepal long ad
ime life insurance
national life
global ime bank long

मानुुषी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो ।

साधारण  सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

लघुवित्त वित्तीय संस्थाले  श्रृजनशील लघुवित्त सँग मर्ज गर्ने भनेर अघिल्लो आ.व. मा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी साधारण सभामा गराइएको थियो ।

लघुवित्त वित्तीय संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्त वित्तीय संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

 

IME Lifesidebar
kumari