stcnepal long ad
Himalayan bank
national life

सिभिल लघुवित्तको ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले प्रस्तावित १० प्रतिशत ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश पारित गरेको छ ।

आज असार २६ गते  सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने सञ्चालक सिमितिको प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाले सेयरधनीलाई २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा कृष्णप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हालसम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा ३३ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गरेको छ ।

त्यस्तै, करिब १ अर्ब २८ करोड रूपैयाँ लगानी गरेको यस संस्थाले निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

kumari bank
kumari
nawakantipur long