आज रातिदेखि लागु हुने गरी इन्धनको मूल्य फेरी बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  पुनः वृद्धि गरेको छ ।आज बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँको दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको हो ।

नयाँ मूल्य लागू भएपछि पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्री वितरण हुने निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बताए ।

निगमले असार १६ गते पेट्रोलमा ५ रुपैया, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुनः मूल्य बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

 

IME Lifesidebar
kumari