citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी भर्ने वैशाख २५ गते अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर भर्ने मंगलबार (वैशाख २५ गते) अन्तिम दिन हो ।

मंगलबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट पेश गर्न सकिनेछ ।

त्यसैगरी, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बर्दिबास, हेटौडा, धादिङ, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, काठमाडौं, सिराहा, र कैलालीबाट आवेदन दिन सकिनेछ ।

gold
himalayan life insurance long ad