stcnepal long ad
himalayan life insurance long ad

जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटपाट

Nimb long ad
Prabhu Insurance Long Ad

धनुषा । जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ।

हतियारधारी समूहले उक्त रकम लुटेर भागेका छन्। शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले रकम लुटेर भागेको र अहिले उपलब्धि प्राप्त नभएको बताएका छन्। लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।