एनआइसी एसिया लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार ९असार १४ गते० अन्तिम दिन हो । कार्यालयसम्मभित्र लगानीकर्ताले यसमा आवेदन दिनुपर्नेछ । यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले आइतबारटै बन्द हुने भएको हो । एनआइसी एसिया लघुवित्तले गत बुधबार (असार १० गते) बाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो ।
जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् ।
यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।
साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।




























