१०५ बोनस सेयर नाडेप लघुवित्तले वितरण गर्ने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले १०५ बोनस सेयर दिने भएको छ । कम्पनीको असार ११ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँको आधारमा १०५ बोनस दिने निर्णय गरेको हो ।
यसैगरी, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने प्रस्ताव गरिएको छ । यसलाई नियामक राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण गरिने कम्पनीले बताएको छ । यसअघि कम्पनीले २०७४/७५ को नाफाबाट ३०५ बोनस सेयर र कर तिर्न नगद पनि दिएको थियो ।



























