citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

ग्लोबल आइएमई लघुवित्तको भुकम्प पीडितलाई ११ लाख सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भुकम्प पीडितलाई ११ लाख ७४ हजार नगद राहत वितरण गरेको छ ।

वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भुकम्पका कारण भएको क्षतीलाई मध्यनजर गर्दै संस्थाले उक्त रकम वितरण गरेको हो ।

वित्तीय संस्थाको राडीबजार, रागेचौर र दुल्लु शाखाका कुल २९९ जना सदस्य तथा अभिभावकहरुलाई राहत रकम वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राती भुकम्प गएको थियो ।

जसबाट पीडित बनेकाहरुलाई वित्तीय संस्थाका प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख तथा कर्मचारीहरुले आर्थिक राहत प्रदान गरिएको वित्तीय संस्थाले जनाएको छ ।

विपन्न वर्गसँग सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो तथा कोभिड महामारी लगायत विनासकारी घटनाहरुमा यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र एक लाख ५० हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।

gold
himalayan life insurance long ad
kumari bank