macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वैदेशिक रोजगारमा गएका नेपालीले अवैध रूपमा पैसा पठाएको खुलासा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध रूपमा पैसा पठाएको खुलासा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज सोमबार एक सुचना जारी गदैँ विदेशबाट रकम पठाउदा आधिकारिक माध्यमबाट मात्र पैसा पठाउन अनुरोध गरेको हो ।

प्रहरी उपरीक्षक पशुपति कुमार रायले प्रविधिको विकाससंगै अपराधीहरूले विभिन्न सामाजिक सत्तजालहरूको दुरुपयोग गरी, विभिन्न झुठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको हुँदा यस्तो झुठो आश्वासनमा नपरी, ठगिनुबाट जोगिन अनुरोध गरेका छन् ।

“विदेशी रकम प्राप्त गरे पश्चात निज अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिन्छु १’ भन्ने खुल्न आएको छ,” उनले भने “तर उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानूनि रकम निजले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा जम्मा गरि÷गराइदिने गरेको तथ्या अनुसन्धानबाट खुलेको छ ।

विदेशमा दुःख गरी कमाएको रकम फ्रडरस्क्याम मनिमा रुपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनु पर्ने भन्दै आधिकारिक माध्यमबाट मात्रै पैसा पठाउन उनले अनुरोध गरे ।

 

himalayan life insurance
igi long
NTA long ad