एनएमबि लघुवित्त ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ नोक्सानमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनएमबि लघुवित्त ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ८५ लाख ७२ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी घट्दा र खराब कर्जा बढ्दा नोक्सानी झनै चुलिएको हो । खुद ब्याज आम्दानी ३४.१५% ले घटेर ५ करोड ७४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा यसले ८ करोड ७२ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा यसले ४ करोड ७० लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । खराब कर्जा १.५९% ले बढेर ७.२७% पुगेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ १० पैसा छ ।
५ मंसिर २०८०, मंगलवार ०७:४४ बजे प्रकाशित